२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बोटलर्स नेपालले जित्यो गोल्ड अवार्ड

बोटलर्स नेपाललाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानले म्यानुफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट-२०२२ को लागि गोल्ड अवार्ड प्रदान गरेको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउटस्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्सपरेन्सी अफ इन्फर्मेसनको लागि बिएनएललाई यो अवार्ड प्रदान गरिएको हो।

बोटलर्स नेपाल (तराई) लाई २०२२ को लागि सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो। यसै क्रममा बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गर्ने जनाएको छ।

बोटलर्स नेपालले आफ्ना सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्सपरेन्सीको महत्व बुझेको र कर्पाेरेट गभर्नेन्स तथा कम्प्लायन्स कम्पनीको आन्तरिक प्रक्रिया र ग्लोबल कोकाकोला सिस्टमको अंश भएको बताएको छ।

प्रकाशित: १० श्रावण २०८० ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App