२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

दुसिट थानी हिमालयन रिसोर्ट धुलिखेलमा

काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय होटल दुसिट थानी हिमालयन रिसोर्ट खुलेको छ। बनेपाको नमोवुद्ध नजिक निर्माण गरिएको यो होटललाई थाइल्यान्डको प्रमुख होटल तथा प्रोपर्टी डेभलपमेन्ट कम्पनी दुसिट इन्टरनेसनलले व्यवस्थापन गर्नेछ। थाइ भाषामा दुसिट थानीको अर्थ ‘स्वर्गको सहर’ भन्ने हुन्छ। थाइल्याण्डका नागरिकमा स्वर्गका सात तहहरूमध्ये चौथो तहलाई दुसिट हो भन्ने विश्वास रहेको छ। त्यही अर्थमा धुलिखिेलमा यो होटेल निर्माण भएको होटल व्यवस्थापनले जनाएको छ।

हाल होटलमा २८ कोठा रहेका छन्। यो होटलमा आउने पर्यटकलाई व्यक्तिगत सेवक मार्फत सेवा प्रदान गरिने बताइएको छ। होटलका हरेक कोठाबाट हिमशृङ्खलाको दृश्य देखिन्छ। दोस्रो चरण अन्तर्गत यो वर्षको अन्तसम्ममा होटल विस्तार गरी ७२ कोठाको बनाइने र ती मध्ये १८ वटा विशेष भिल्ला निर्माण गरिने भएको छ। होटलमा स्पा, पौडी पोखरी, ज्याकुजी, साउना, सभाहल, वेलनेस सेन्टर लगायतका सेवा उपलव्ध हुनेछन्। सभाहलको क्षमता ३५० रहेको छ।

होटलका जनरल म्यानेजर क्रिस पान्या भन्छन, ‘धुलिखेलको पर्यटन मानचित्रमा यो होटलले नयाँ अध्याय थप्नेछ।’ उनले पाहुनको सत्कारमा होटलले कुनै कसर बाँकी नराख्ने पनि बताए। सुरुवात भएको उपलक्ष्यमा विभिन्न सेवामा छुट दिइएको होटलले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०८० ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App