४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जलेश्वर भन्सारको राजस्व असुलीमा कमी

महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको  राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ। जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो।

जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले  आर्थिक वर्ष २०७९/८० मा  तीन अर्ब ६३ करोड ९१ लाख राजस्व असुलीको लक्ष्य दिएकामा दुई अर्ब ८१ करोड ७३ लाख मात्रै असुल गरेको छ। आर्थिक वर्ष २०७८/७९ भन्दा २२ प्रतिशत अर्थात् रु ८२ करोड कम राजश्व असुल भएको छ। 

प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो। जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ। 

प्रकाशित: ६ श्रावण २०८० १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App