प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ। एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरूलाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
साउन २ गते झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो। दुवै कम्पनीमा सक्रिय अभिकर्ताहरूलाई कार्यक्रममा सहभागी गराइएको थियो। चारै ठाँउमा भएको कार्यक्रममा सय–सय जनाभन्दा बढी अभिकर्ताको उपस्थिति थियो।
कार्यक्रममा मर्जरपछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरू, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरूलाई प्रशिक्षण दिइएको थियो।
प्रकाशित: ५ श्रावण २०८० ०२:५४ शुक्रबार