१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सरस्वती माविलाई एभरेष्ट बैंकको आर्थिक सहयोग

 एभरेष्ट बैंकले दुधौली नगरपालिका ४ सिन्धुलीमा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो विद्यालयको खानेपानी व्यवस्थापनार्थ १ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो।  

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। यस सहयोगबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादीक्षामा सहयोग हुने विश्वास बैंकले लिएको छ।  

प्रकाशित: ३१ असार २०८० ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App