५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

जापानको आम्दानी बाख्रापालनमा लगानी

गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन्। एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे। कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन्।

कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झदै बस्नेतले आत्मनिर्भर हुन कोरोनाले पाठ सिकाएको स्मरण गरे। बस्नेतले आठ वर्षको जापान बसाइ टुङ्गाएर गलकोट नगरपालिका-९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन्।

बस्नेतले गल्याङमा झण्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै आएका हुन्। उनले बाख्रापलनमा आधुनिक प्रविधिको प्रयोग तथा वैज्ञानिक प्ररकारको खोर व्यवस्थापनबाट बाख्रापलन गर्दै आएको बताए।

गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन्। एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे। कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन्।

बाख्रापालनका लागि विदेशबाट आयातित घाँस खेती समेत गर्दै आएको बस्नेतको भनाइ छ। बागलुङको गलकोटका युवा अधिकांश जापान जान्छन्। गलकोटलाई पछिल्लो समय जापाने गाउँ समेत भन्ने गरिन्छ। त्यहीं जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षदेखि बाख्रापालन थालेका छन्। उनको बाख्रापालनमा झण्डै ४० लाख रुपैयाँ लगानी भइसकेको छ।

‘वैदेशिक रोजगारीका लागि आठ वर्ष जापान बसे, विद्यार्थी भिषामा जापान पुगियो, कोरोना कहरको समयमा नेपालमा आएको थिए, फर्कन मन लागेन’, बस्नेतले भने,‘जापानमा दुःख गरेको कमाइ व्यावसायिक काममा लगानी गर्ने सोच आयो, बाख्रापालनमा आफ्नो भविष्य देखे, अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी छन्।’

बस्नेतले बाख्रापालनका लागि आधुनिक र प्रविधिमैत्री खोर बनाएका छन्। उनले खोर निर्माणमै लाखौ लगानी गरेका छन्। दुई सय बाख्रा क्षमताको आधुनिक खोर बनाएका छन् भने बाख्रा फर्म वरपरको जग्गा तारबार गरेर व्यवस्थित समेत गरेका छन्।

‘विदेशको दुःख समेत भोगियो, नेपालमै केही गर्न सकिन्छ भन्ने अठोट गरेर फर्म स्थापना गरेको हुँ, अहिले बाख्राका पाठापाठी हुर्काउन आवश्यक दूधका लागि समेत दुई गाई समेत पाल्दै आएको छु’, बस्नेतले भने, ‘पहिलो वर्ष फर्म स्थापना गरियो, दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो, तेस्रो वर्ष मात्रै ५० बोका बिक्री गर्न सफल भइयो।’

‘वैदेशिक रोजगारीका लागि आठ वर्ष जापान बसे, विद्यार्थी भिषामा जापान पुगियो, कोरोना कहरको समयमा नेपालमा आएको थिए, फर्कन मन लागेन’, बस्नेतले भने,‘जापानमा दुःख गरेको कमाइ व्यावसायिक काममा लगानी गर्ने सोच आयो, बाख्रापालनमा आफ्नो भविष्य देखे, अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी छन्।’

सरदरमा हालसम्म १२ देखि १५ लाख आम्दानी भए पनि उक्त आम्दानी फर्म विस्तारमै खर्च गरिएको उनको भनाइ छ।

अहिले सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन्। बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उनको भनाइ छ। फर्ममा उत्पादित खासी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको बस्नेतको भनाइ छ।

फर्ममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत बाख्रा ब्लक कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एक लाख रुपैयाँ अनुदानमा ट्रस्ट निर्माण गरेको उनको भनाइ छ।

अहिले सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन्। बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उनको भनाइ छ। फर्ममा उत्पादित खासी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको बस्नेतको भनाइ छ।

बाख्रापालनबाट भइरहेको आम्दानी फर्म विस्तारमै लगानी भइरहेको भन्दै बस्नेतले फर्मलाई पूर्ण क्षमतामा २ सय बाख्रा पालन गर्ने बताए। स्थानीय पालिका गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गर्दै आएको बाख्रापालन किसान बस्नेतको भनाइ छ। फर्ममा उन्नतजातको बोयर बिउँ बोकासमेत छ।

प्रकाशित: ३० असार २०८० ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App