५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मौद्रिक नीति खुकुलो भए वित्तीय सहजता: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाए अर्थतन्त्रलाई वित्तीय सहजता हुने बताएका छन्।

आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मदत पुग्छ।’

अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण हुने बताए। ‘मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई जिम्मा लगाएका छौं,’ उनले भने। अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको बताए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाए अर्थतन्त्रलाई वित्तीय सहजता हुने बताएका छन्।

राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको बताउँदै उनले भने ‘मौद्रिक नीति र वित्त नीति समन्वयमा जानुपर्छ, त्यसको एउटै लक्ष्य हुनुपर्छ।’

मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा गयो भने यसले लक्षित उद्देश्य प्राप्त गर्न नसक्ने बताए।

ब्याजदर अर्को महत्वपूर्ण पक्ष भएको उनले बताए। ‘कति ब्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको हुन्छ’, उनले भने, ‘ऋण लिनेहरूले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ।’

बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पुँजी प्रवाह हुन नसकेको बताए। ‘पुँजीगत खर्च हामीले भने जति विनियोजन गर्न सकिएको छैन,’ उनले भने, ‘जति विनियोजन भएको छ, त्यसलाई पूरै खर्च गर्न सकियो भने रि-साइकल हुन्छ र त्यसले उत्पादन दिन थाल्छ।’

अहिले मौद्रिक नीति थोरै खुकुलो बनाएर जाँदा हाम्रो अर्थतन्त्र चलायमान गराउन मदत पुग्ने मन्त्री डा. महतको दाबी छ।

बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पुँजी प्रवाह हुन नसकेको बताए। ‘पुँजीगत खर्च हामीले भने जति विनियोजन गर्न सकिएको छैन,’ उनले भने, ‘जति विनियोजन भएको छ, त्यसलाई पूरै खर्च गर्न सकियो भने रि–साइकल हुन्छ र त्यसले उत्पादन दिन थाल्छ।’

विदेशी मुद्रा सञ्चिति राम्रो छ, पर्यटन व्यवसाय पुरानो लयमा फर्किरहेको बताउँदै विश्व बैंकले पनि ऋण प्रवाहमा चासो देखाइरहेको बताए। यो परिवेशमा मौद्रिक नीति खुकुलो हुने बित्तिकै सहजतातर्फ हाम्रो अर्थतन्त्र अगाडि बढ्ने मन्त्री डा. महतको भनाइ थियो।

वित्तीय नीतिअन्तर्गत बजेटरी नीतिमा धेरै सुधार ल्याउने दाबी उनको छ। उनले भने ‘सिस्टममा अस्तव्यस्तता छ। श्रोत सुनिश्चित नभएको, पछि काहीँबाट आइहाल्ला भन्ने नाममा बजेट विनियोजन गरिएको छैन। रकमान्तर ठूलो समस्याका रूपमा देखापरेको छ। भइसकेका कुरालाई सुधार गर्नेतिर होइन, अबका दिनमा कडाइका साथ रोकिने छ।’

प्रकाशित: २५ असार २०८० ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App