१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेनोको क्विडको नयाँ संस्करण

पोखरा- रेनो नेपालले रेनो क्विड ह्याचब्याकको विशेष संस्करणपोखरामा अनावरण गरेको छ।रेनो क्विड तथा डस्टर आठ महिना अवधिमा हजार युनिट बिक्रीको सफलतापछि विशेष संस्करण ल्याएको कम्पनीले जनाएको छ।यसको विशेष संस्करणलाई 'लिभ फर मोर एडिसन' भनेर चिनिन्छ।

यस क्षेत्रको आधिकारिक बिक्रेता जोन्छे ट्रेडर्स पोखराले अनावरण गरेको गाडीएक लिटर स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिन भएको हो। जोन्छे ट्रेडर्सका सञ्चालक राजेन्द्र बाटाजुका अनुसारकारको लम्बाइ, तौललगायतको तुलनामा शक्ति, बुट स्पेस, ग्राउन्ड क्लियरेन्स तथा प्रविधिको क्षेत्रमा यसको नयाँ स्तरछ। बाटाजुले नेपाली ग्राहकको रोजाइमा यो संस्करण पर्ने विश्वास व्यक्त गरे।

जोन्छे ट्रेडर्सका अध्यक्ष वीरेन्द्र बाटाजु यसको उच्चतम प्रविधियुक्त इन्जिनले यात्रालाई सहज बनाउने बताए। क्विड आकर्षक, आविष्कारिक, तथा किफायती भएको उनले प्रस्टाए। सुरक्षाको हिसाबमा पनि चालकका लागि एयर ब्यागको विकल्पका साथ राखिएको बाटाजुले बताए। सुरक्षालाई  नयाँ स्तरमा पुर्‍याउन एक लिटर स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिनमा पहिलो श्रेणीको प्रो सेन्स सिटबेल्ट प्रिटेन्सनर्स विथ लोड लिमिटर्स राखिएको उनले बताए।

बजारमा रेनोले दुई किसिमका कारका संस्करण उपलब्ध गराएको छ। कारको सुरुआती मूल्य २१ लाख ६३ हजार र २२ लाख १० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। बिक्रीको सुरुआतको अवसरमा नगदमा केही छुट हुने बाटाजुले बताए।

एसयुभीबाट प्रेरित भएको डिजाइन, सात इन्चको टचस्त्रि्कन मिडिया सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वान टच चेन्ज इन्डिकेटर, लोड लिमिटर्स विथ प्रिटेन्सनर्स प्रो–सेन्स सिट बेल्ट लगायत विशेषता पहिलोपटक आएको कम्पनीले जनाएको छ।

कारमा भएको उत्कृष्ट विशेषतामा तीन सय लिटरको बुट क्यापासिटी, एग्रो स्मार्ट क्याबिन, मल्टिपल स्पेस राइड एन्ड ह्यायडलिङ, पर्सनलाइजेसन अप्सनलगायत छन्। कारमा शक्ति र डिजाइनको अनुपम संयोजनका साथै सुरक्षाको दृष्टिकोणले समेत कुनै सम्झौता नगरिएको कम्पनीको दाबी छ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App