३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ।

योजना अनुसार बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ५० हजार रूपैयाँदेखि १ लाख ५० हजार रूपैयाँसम्मको कर्जा बिना धितो प्र्रदान गर्नेछ। यो कर्जा १२.८० प्रतिशतको स्थिर व्याज दरमा पाइने बैंकले जनाएको छ।

बैंकका अनुसार २१ वर्ष वा सोभन्दा बढी उमेरका, नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपालीले उक्त योजना अन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन्।

बैंकले नेपाल, भारत र भुटानबाहेक मलेसिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ। उक्त कर्जाको अवधि १८ महिनाको रहेको बैंकले जनाएको छ।

बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमईपे र आध्यान्त फण्ड म्यानेजमेन्टसँगको सहकार्यमा उक्त कर्जा योजना ल्याएको हो।

प्रकाशित: २२ असार २०८० ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App