२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन

नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन्। सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन्।

उक्त साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका छन्। साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएका छन्।

नयाँ नेतृत्वले संस्थालाई नयाँ अवधारणामा अघि बढाउने विश्वास गरिएको जनाएको छ।

प्रकाशित: २१ असार २०८० ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App