४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घोराही सिमेन्टको फर्जी आवेदन छानविनको जिम्मा प्रहरीलाई

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डिष्ट्रीको सेयरमा परेको फर्जी आवेदनको विषयमा थप अनुसन्धान गर्न प्रहरीमा पठाउने भएको छ।

बोर्डले घोराही सिमेन्टको विषयको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै फर्जी आवेदनबारे अध्ययन गर्न प्रहरी समक्ष पठाउने निर्णय गर्दै स्थगित भएको सेयर निष्कासन फेरि खुलाउने निर्णय गरेको छ। घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको विषयमा अध्ययन गर्न जाँचबुझ समिति गठन भएको थियो।

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डिष्ट्रीको सेयरमा परेको फर्जी आवेदनको विषयमा थप अनुसन्धान गर्न प्रहरीमा पठाउने भएको छ।

सो समितिको प्रतिवेदनको आधारमा केही लगानीकर्ताहरूले बैंक खातामा पर्याप्त मात्रामा रकम नभए पनि सर्वसाधारण लगानीकर्ताहरूलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा ती आवेदकहरू निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीहरूसँग कुनै सम्बन्ध नदेखिएको औंल्याएको छ। समितिले सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकाले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानबिनको लागि सिफारिस गर्ने निर्णय गरेको छ।

समितिले निष्कासन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत छानबिन गर्ने निर्णय गरेको छ।

त्यसैगरी आस्वा सदस्य एनआइसी एसिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नभई के कसरी आवेदन स्वीकृत गरिएको हो सो सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अगाडी बढाउने भएको छ। बोर्डले सार्वजनिक निष्कासनमा निवेदन दिने आवेदक (लगानीकर्ता), आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्कासन तथा बिक्री प्रबन्धकको कामकारबाही सेयर निष्कासनकर्ता कम्पनीको कामकारबाही भन्दा भिन्न रहेको औंल्याएको छ।

समितिले निष्कासन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत छानबिन गर्ने निर्णय गरेको छ।

बोर्डले आवेदक लगानीकर्ताहरूको निष्कासनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता भएको नदेखिएको अवस्थामा कम्पनीको सेयर निष्कासन स्थगित भएको कारणबाट आवेदन गरेका सर्वसाधारणको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएको छ। साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको सेयर बाँडफाँट भई २९ करोड ४६ लाख ७८ हजार दुई सय पचास रूपैयाँ कम्पनीको खातामा रकमान्तर भैसेकेको छ।

आव २०७९/८० समेत समाप्त हुन लागेको कुरालाई मध्यनजर गरी बुँदा नं १, २ र ३ मा उल्लेखित विषयमा छानविन कार्य अगाडि बढाउने गरी हाललाई स्थगन भएको निष्कासन खुला गर्ने निर्णय पनि गरेको छ।

बोर्डले आवेदक लगानीकर्ताहरूको निष्कासनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता भएको नदेखिएको अवस्थामा कम्पनीको सेयर निष्कासन स्थगित भएको कारणबाट आवेदन गरेका सर्वसाधारणको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएको छ।

बोर्डले घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्कासनका लागि सी आस्वा प्रणालीमा दर्ता भएका आवेदनहरूको हकमा आवेदन गरेको सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता खारेज गर्न सक्ने व्यवस्था गर्ने निर्णय गरेको छ। 

प्रकाशित: २१ असार २०८० ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App