६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

महभीर चटानमा आरोहण रुट बनाउन सुरु

इलाम नगरपालिका वडा नं ८ मा रहेको महभीर चटानमा आरोहणको रुट वनाउने कार्य सुरु गरिएको छ। विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा रुट बनाउन थालिएको हो। रुट बनाउने कार्य एक हप्ताभित्र सकाउने योजना राखिएको छ।  

रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो। नरबहादुरको साथमा सहयोगीहरू सुजन गुरुङ, थोप्टेन लामा र सज्जन घले रहेका छन्। 

रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महभीरको रहेको छ। इलाम नगरपालिका र पर्यटन बोर्डको आर्थिक व्यस्थापनबाट रुट बनाउन थालिएको हो। 

विश्व कीर्तिमानी सगरमाथा आरोही एवं इलाम पर्यटन सदभाबना दूत कल्पना महर्जनले महभीरमा रहेको चटानमा ६ वटा विभिन्न ग्रेडको रुट बनाउने कार्य भइरहेको बताइन्। नेपालको पूर्वी क्षेत्रमा बनाउन लागिएको यो पहिलो माउण्टेन रुट रहेको जनाइएको छ। 

प्रकाशित: २० असार २०८० १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App