३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

प्रोग्रेसिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले असार १५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका निम्ति प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

विभिन्न वित्तीय संस्थाहरूमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उचाइ हासिल गर्ने विश्वास फाइनान्स सञ्चालक समितिले गरेको छ।

प्रकाशित: १७ असार २०८० ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App