४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ: सांसद चौधरी

फाईल तस्बिर

नेपाली काँग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाबाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन।

आज प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका हुन। उनले विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने धारणा राखे।

सांसद चौधरीले मन्त्रालयहरूले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताए। उनले पुँजीगत खर्चलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले ठोस कदमहरू चालेको पनि जानकारी दिए।

उनले बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभई सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्ने बताए। 

प्रकाशित: १३ असार २०८० १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App