दिब्यश्वरी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ।
मेगा क्यापिटल मार्केट्स र दिव्यश्वरी हाइड्रोपावर कम्पनी बीच यस सन्दर्भमा सम्झौता भएको छ। मेगा क्यापिटलको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ, मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेल, कम्पनीको तर्फबाट अध्यक्ष दधिराम निरौला र श्री बुद्घकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन्।
प्रकाशित: १२ असार २०८० ०३:०२ मंगलबार