४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौंको वैदेशिक लगानी आउँछः प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउन सक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताए। विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्न सहज हुने उनको भनाइ छ। उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताए।  

उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताए। भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताए। उनले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको बताए।

उनले भने,‘विद्युतको राम्रो बजारको व्यवस्था गर्नसक्यो भने खर्बौं लगानी नेपालमा आउन सक्छ। त्यसले नेपालको अर्थतन्त्रका समस्या र चुनौति छन्। त्यसको स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिने सकिने विश्वासको साथ धेरै मेहनत सरकारको तर्फबाट अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिइएको छ। भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्र्दभमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भएको छ। नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा भनेका होइनन्। दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्रको लागि गरेका छौं। हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने हुँदैन। तर पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोण राख्ने प्रवृति बढ्दै गएको छ।’

प्रकाशित: ८ असार २०८० १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App