२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैनः अर्थमन्त्री महत

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गरेका छन्।

शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताए।

उनले विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको बताए। करको विषयमा देशको हीतलाई हेरेर दर हेरफेर गरिएको उनले बताए। उनले करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने आशमा रहेकाहरु रिसाएको भन्दै आफूले  समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेको दाबी गरे।

उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझाव अनुसार सरकारले करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको उल्लेख गरे। उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउनुपर्ने विषयको निराकरण आफूले नभएर अदालतले मात्रै टुंगो लगाउन सक्ने बताए। उनले यसबारे व्याख्या गर्ने अधिकार आफूलाई नभएकोले यसको व्याख्या अदालतले मात्र गर्नसक्ने बताए। उनले महालेखाले भनेको विषय मन्त्रीले काट्नसक्ने अवस्था नभएकाले लागू गरेको दाबी गरे।

उनले भने,‘करको दर हेरफेर गर्दा मैले कसैको मुख हेरेको छैन। व्यवसायी सबैलाई थाहा छ। करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने थियो। उहाँहरु रिसाउनुभएको होला तर समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रश्ताव गरेका छौं। महालेखा परीक्षकको सुझाव अनुसार हामीले एफपीओ र मर्जर तथा एक्विजेसनमा करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको हो। यो नयाँ कर थपेको हैन। अदालतले मात्र यसको टुंगो लगाउन सक्छ। मैले केही गर्न सक्दिनँ। मैले राहत मात्र दिएको हो, यसको अन्तिम निक्र्यौल मबाट हुँदैन, महालेखाले भनेको विषय मैले काट्नसक्ने अवस्था पनि थिएन।’

प्रकाशित: ८ असार २०८० १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App