१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्सको गौर शाखा उद्घाटन

समृद्धि फाइनान्स कम्पनीको नवौं शाखाको रूपमा सर्लाहीको गौरमा शाखा कार्यालय उद्घाटन भएको छ। कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।

मेयर ब्रह्मदेव रायले बैंकको आवश्यकता अति रहेको र रकम जम्मा तथा बैंकिङ कारोबार गर्न असहज भएकाले स्थानीय बासिन्दा धेरै अप्ठ्यारोमा परिरहेको परिस्थितिमा सो समस्याबाट स्थानीय बासिन्दाले सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरेका छन्। यस्तै उपमेयर पुनम कर्णले सो स्थानका जनता अधिकांश कृषकहरू रहेको तथा उनीहरू कतिपयलाई कसरी बैंकिङ सेवा लिने भन्ने सम्बन्धमा जानकारी समेत नभएकाले कर्मचारीहरूले सहजीकरण गरी कुरा बुझाएर बैंकिङ दायरामा ल्याई सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाव दिएका छन्।

प्रकाशित: ५ असार २०८० ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App