४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इन्स्योरेन्स र अस्पताल सहकार्य गर्दै

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच एक सम्झौता भएको छ। सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.अभिशेक थापाले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमा लेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट नगदरहित हस्पिटलाईजेसन सुविधा प्राप्त गर्न सक्नेछन्।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले किष्ट शिक्षण अस्पतालले आफ्ना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बिमा लेख खरिद गरी अस्पतालसँग बिमा लेखको सीमासम्म नगदरहित हस्पिटलाईजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायतका निर्जीवन बिमा इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने भएको जनाएको छ।

प्रकाशित: ५ असार २०८० ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App