५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआईसी एसिया बैंकद्वारा वेवसाइट स्तरोन्नति

एनआई सी एसिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले आफ्नो वेबसाइट आकर्षक र नयाँ डिजाइनमा स्तरोन्नति गरी प्रस्तुत गरेको छ।

बैंकले आफ्ना सेवा तथा सुविधाहरू थप ग्राहकमैत्री बनाउदै लैजाने उद्देश्य अनुरूप हाल सञ्चालनमा रहेको वेबसाइट (एनआइसीएसिया बैंक डट कम) लाई परिस्कृत गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो।

ग्राहकले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाजद्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता भएको बैंकले जनाएको छ । साथै, ग्राहकले खोजे अनुसारको उत्पादन र विवरणहरू उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहकले सहजै ‘सर्च हिस्ट्री’ थाहा पाउन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार मोबाईल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता उपकरणहरूमा मिल्ने गरी डिजाइन गरिएको यो नयाँ वेवसाइटमा प्रयोगकर्ताहरूको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ। वेबसाइट मार्फत अनलाइन खाता, भिडियो केवाइसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, सेयर आवेदनलगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन्।

बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई बैंकको बारेमा सम्पूर्ण जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३ असार २०८० ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App