८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेसन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज फ्रिज प्रदान गरेको छ। बैंकको प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेली अस्पतनललाई ती सामग्रीहरू प्रदान गरेको हो।

यस्तै बैंकले डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ। विद्यार्थीलाई पठनपाठनमा सजिलो होस् भन्ने मनसायले प्रोजेक्टर प्रदान गरेको बैंकले जनाएको छ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको बैंकले आगामी दिनमा सशक्त ढंगबाट यस्ता कार्यक्रम अगाडि बढाउने योजना रहेको बैंकले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App