३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

दराज एनएमबी सजिलो कर्जा सेवा सुरु

दराजले एनएमबी बैंकसँग साझेदारी गरी दराज एनएमबी कर्जा सुविधाको सुरु गरेको छ। दराज एनएमबी सजिलो कर्जा नामक यो पहलले बिक्रेतालाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी यनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवर र एनएमबी बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रम अन्तर्गत बिक्रेताहरूले नेपालकै प्रतिष्ठित बैंकिङ संस्थाहरू मध्येको एक एनएमबी बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्नेछन्। दराज र एनएमबी बैंकबीचको यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने कम्पनीको विश्वास छ।

यस्तै दराज एनएमबी सजिलो कर्जाको मुख्य विशेषतामा धितोरहित ऋणको प्रावधान भएको कम्पनीले जनाएको छ। यसमा बिक्रेताहरूले कुनै पनि प्रकारको सुरक्षा वा धितो प्रदान नगरी धेरै आवश्यक कोषहरू पहुँच गर्न सक्ने र साना र मझौला उद्यमहरूले वित्तीय सहायता खोज्दा सामना गर्ने परम्परागत अवरोधहरूलाई हटाइ अनगन्ती सम्भावनाको ढोका खोल्ने कम्पनीको दाबी छ। दराज प्लेटफर्ममा बिक्रेताहरूले आफ्नो व्यावसायिक आवश्यकता अनुसार ५ लाखसम्मको ऋणका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८० ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App