२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सफा हिमाल अभियानकर्ताहरू सम्मानित

नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा नेपाली सेनाका प्रतिनिधि, शेर्पाहरू लगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ।

गत चैतमा सुरु भई यसै महिना सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्‍चे हिमालको सफाइ कार्य भएको थियो। विभिन्न हिमालहरूबाट ३५ टन फोहोर संकलन गर्न सक्रिय यस कार्यक्रममा सूर्य नेपाल प्रालि  एउटा मुख्य साझेदार संस्था हो। यसबाहेक अन्य संस्थाहरूको पनि सहभागिता रहेको छ।

बिहीबार एक सम्मान कार्यक्रम आयोजना गरी सूर्य नेपाल प्रालिले सफा हिमाल अभियानमा प्रत्यक्ष योगदान पुर्याउने ५२ जनालाई विशेष सम्मान गरेको छ।  कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुईजना शेर्पा सहयोगीका परिवारलाइ एक–एक लाख नगद रासीसहित सम्मान गरेको हो।

कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीहरू प्रति श्रदान्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो।

प्रकाशित: २८ जेष्ठ २०८० ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App