२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क स्वास्थ्य जाँच शिविर

सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएको छ। चन्द्रागिरी नगरपालिका वडा ४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा उक्त स्वास्थ्य जाँच शिविर आयोजना भएको हो।

उक्त शिविरगत जेठ २० गते सिद्घार्थ बैंक, नेपाल क्यान्सर केयर फाउण्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको थियो।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १ सय ५८ जना महिलाहरूको पाठेघर परीक्षण गरिएको थियो।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई सधैं उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको र यसले समाजमा सकारात्मक प्रभाव पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८० ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App