२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंकद्वारा बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख सहयोग

कुमारी बैंक लिमिटेडले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रूपैयाँ सहयोग प्रदान गर्ने सम्झौता गरेको छ।

काठमाडौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि बैंकले उक्त सहयोग प्रदान गर्नेे जनाएको छ।

सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यता मान्दै आएको बैंकले समग्र समाजको हित हुने परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: २८ जेष्ठ २०८० ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App