८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ: सांसद शर्मा

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन्।

 क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर विश्वबजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेको उदाहरण दिदैं सांसद शर्माले नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने तर्क गरे।  नेपाल भन्दा ७५ प्रतिशत कम जनसंख्या भएको देश क्यूवाले ५० हजार डाक्टर उत्पादन गरेर अमेरिका, क्यानडा, यूके, फ्रान्स लगायत देशमा पठाई बार्षिक १४ खर्ब पैसा देशमा भित्र्याइरहेको तथ्यांक सांसद शर्माले प्रस्तुत गरे। लाखौं युवाहरु मजदुरी गर्न खाडी मुलुक गइरहेको अवस्थामा देशमा डाक्टर, इन्जिनियरसहितका दक्ष जनशक्ति उत्पादन गरेर विश्वबजारमा पठाउँन सके १० बर्षभित्रै मुलुकको आर्थिक विकासले फड्को मार्ने सांसद शर्माको आकलन छ।

क्यूवा, बंगलादेश जस्ता मुलुकले डाक्टर उत्पादन गरेर विश्व बजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेका छन्,’ सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद शर्माले भने, विश्वबजारमा बेच्न सकिने हाइड्रोपावर भन्दा पनि हटकेकको रुपमा यो क्षेत्र छ, मुलुकलाई समृद्ध बनाउँन सरकारले यो बिषयमा ध्यान दिओस्।’

बजेटले, विपन्न र पछाडि परेका क्षेत्रका विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङ जस्ता राम्रो शिक्षा पढ्न केही सहजिकरण नगरेको भन्दै उनले असन्तुष्टि जनाए। सरकारी अस्पतालमा मात्र स्वास्थ्य विमाको उपचार हुने भनेर सरकारले विमामा पनि व्यापार गरेको भन्दै सांसद शर्माले आक्रोश पोखे। विभिन्न बाहनामा मेडिकल कलेजमा सिट संख्या कटौति गर्ने गरिएको प्रति पनि सांसद शर्माले आपत्ति जनाएका छन्।

प्रकाशित: २६ जेष्ठ २०८० ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App