८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडी बढाउन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन्।

बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिरुसंग छलफल भएको थियो। सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा पनि लगानी प्रक्रिया अगाडी अगाडी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका हुन्।

उनले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजनाहरु आवश्यक रहेको उल्लेख गरे। नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युतको ठूलो सम्भावना रहेको उनको भनाइ छ।

उनले भने, ‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको छ। त्यसैले हामीलाई धेरै जलाशय युक्त योजना आवश्यक छ। प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादिन १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ। हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौं। त्यसैले नेपालमा जलविद्युतको ठूलो सम्भावना छ।’

प्रकाशित: २५ जेष्ठ २०८० १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App