८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युतीय गाडीमा डिलहरुले ठूलो मार्जिन राखे, त्यसैले कर बढायौंः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीका बिक्रेताहरुले धेरै नाफा राखेर आफ्ना गाडीहरु बेचिरहेको बताएका छन्।

उनले सरकारले उनीहरुलाई दिएको न्यून करको फाइदा ग्राहकले नपाएकाले बजेटमा करका दायरामा केही हेरफेर गरेको दाबी गरे।

‘हामीले उनीहरुलाई कर छुट दिने, तर उनीहरुले त्यसको फाइदा ग्राहकलाई दिएका छैनन’, उनले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै भने।

डा. महतले थपे, ‘इभीमा डिलरहरुले ठूलो मार्जिन राखेका छन। कर छुटको बेनिफिट ग्राहकले नपाएको अवस्था देखिएकाले इभीमा केही करहरु बढाइएको हो।

उनले विद्युतीय साधनको प्रयोग बढन थालेपछि करका दायरा बढाएको पनि बताए। डा. महतका अनुसार पहिला पहिला यी साधनलाई प्रवद्र्धन गर्न कर घटाइएको थियो। अहिले यस्ता साधनको आयात बढन थालेकाले कर बढाइएको हो।

‘करका दर बढाएर राजश्व उठाउन सकिन्छ र इभीमा आएकाहरु फर्किएर जान्नन भन्ने सूनिश्चिचता भएपछि कर बढाइएको हो’, डा. महतले भने।

उनले पेट्रोलियम गाडीमा भन्दा इभीमा धेरै थोरै कर लगाएको दाबी गरे। ‘यो समायोजनले पुरानै गाडी किन्ने भनेर कोही पनि जानेवाला छैनन’, डा. महतले भने।

प्रकाशित: २३ जेष्ठ २०८० ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App