६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एसइई परीक्षार्थीलाई एनसेलको 'माइफाइभ' अफर

काठमाडौं—जिएसएम मोबाइल सेवा प्रदायक एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी परीक्षार्थीका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ। यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन्। त्यस्तो सिमबाट ३० दिनसम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ।
 
यो योजना आइतवारदेखि देखि लागू हुनेछ। एसइई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्।
 
यो योजनामा सहभागी हुन परीक्षार्थीले सिम खरीद गरी रु ५० वा सो भन्दा बढीको रिचार्ज गरेपछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन पाउनेछन्। माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन्।
 
ग्राहकले एस्ट्रिक्स५५४४ ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन्। माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ।
 
‘एसईई २०७३ को परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौं। हामीलाई आशा छ यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई  संवोधन गर्ने छु, एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने।
 
यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य हुने एनसेलले जनाएको छ।
 

प्रकाशित: २० चैत्र २०७३ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App