९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

आज बजेट, आकार घट्ने

फाइल तस्वीर

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार बजेट ल्याउँदैछ। संविधानमा भएको व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउँछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार बजेट प्रस्तुत गर्नेछन्।

हरेक वर्ष बजेटको आकार बढाउँदै लगिएको भए पनि आगामी आवको बजेटको आकार भने घट्ने भएको छ। आगामी आवका लागि सरकारले करिब १७ खर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउँदैछ।

सरकारले चालु आव २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको थियो। लक्ष्यअनुसार राजस्व संकलन नभएपछि अर्थ मन्त्रालयले वार्षिक समीक्षामा बजेटको आकार घटाएको थियो।

आर्थिक पुनरुत्थानलाई प्राथमिकता राखेर बजेट ल्याउन लागिएको अर्थमन्त्रीका सल्लाहकार डा. विश्व पौडेलले बताए। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १६ खर्ब ८८ अर्बको बजेट सिलिङ दिएको थियो।

सोमबार आगामी आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुन्छ। अपराह्न सवा ४ बजे बोलाइएको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वाचन गर्नेछन्। आइतबारको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. महतले आव २०७९/८० को आर्थिक सर्वेक्षण पेस गरेका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App