१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र रञ्जना सिनेप्लेक्स बीच सम्झौता

सिटिजन्स बैंक र न्युरोडस्थित रन्जना सिनेप्लेक्स बीच बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले रञ्जना सिनेप्लेक्सको टिकट खरिदमा ५ प्रतिशतसम्म छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानीलाई प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०८० ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App