१६ चैत्र २०८० शुक्रबार
अर्थ

राजधानीमा तरकारीको मूल्य आकासियो

काठमाडौं, चैत ३० (नागरिक)- राजधानीमा तरकारीको बजार भाउ आकासिएको छ। नयाँ वर्षका कारण बजार मूल्य बढेको व्यापारीहरु बताउँछन्। कालिमाटीस्थित तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले नयाँ वर्षमा धेरै भोज-भतेर हुने र तरकारीको माग बढी हुनेभएकोले मूल्य बढेको बताए।

उनले गतसाता दुई दिन तराईमा भएको बन्दका कारणले पनि त्यहाँबाट आउने तरकारीहरू परबल, खुर्सानी, रुखकटहर, ठूलो गोलभँेडाको अभाव भएर तरकारीको मूल्य बढेको जानकारी दिए।

दैनिक काठमाडाँैमा एकहजार मेट्रीक टन तरकारीको माग हुन्छ। केही दिनदेखि सातसय मेट्रीक टनको हारहारीमा मात्र तरकारी आएकाले मूल्य बृद्धि हुनगएको अध्यक्ष खतिवडाले बताए।

अहिले बोडी प्रतिकिलो १००, गोलभेँडा ४०, काउलीे ३५, भान्टा ३८, रामतोरीयो ६० रूपैयाँ पुगेको छ। खुद्रा पसलमा किन्ने उपभोक्ताले यो भन्दा महँगो भाउ बुझाउनु पर्छ।

पन्द्रदिन अघि मात्र बोडी प्रतिकिलो रु.९०, गोलभँेडा ३२, काउलीे २५, भान्टा २२, रामतोरीया प्रतिकिलो ४८ रूपैया रहेको थियो।

प्रकाशित: ३० चैत्र २०६६ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App