४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन्।

कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरूको सहभागिता उल्लेख्य मात्रामा रहेको थियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रसाईंले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बिमा मध्यस्थकर्ताहरूको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा बिमा मध्यस्थकर्ताहरूको व्यवसायिक जीवनका आयामहरू र आगामी सहज एवं सफल यात्राका विषयहरू इन्स्योरेन्स सेल्स सेसनहरू रहेका थिए।

प्रकाशित: २६ वैशाख २०८० ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App