१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र अन्नपूर्ण केवलकार बीच सम्झौता

सिटिजन्स बैंक र पोखरास्थित अन्नपूर्ण केवलकार बीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा हस्ताक्षर पछि बैंकका कार्डबाहकले अन्नपूर्ण केवल कारमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन्। साथै पोखरास्थित बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकलाई अन्नपूर्ण केवलकारको टिकट निःशुल्क उपलब्ध गराइने भएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास पनि बैंकले लिएको छ।  

प्रकाशित: २६ वैशाख २०८० ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App