६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थ सचिवमा पोखरेल

सरकारले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको छ। अर्थसचिव तोयम रायालाई सरुवा गरी उपराष्ट्रपति कार्यालयमा पठाएर पोखरेललाई ल्याइएको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो टिम बनाउने क्रममा पोखरेललाई ल्याएका हुन्। केही सहसचिवहरू यस अघिनै अर्थमा ल्याइएका थिए। रायालाई यसअघिका अर्थमन्त्री विष्णु पौडेलले ल्याएका थिए।

एमाले सरकारबाट बाहिरिए पछि अर्थमन्त्री बनेका महतले पोखरेललाई ल्याएका हुन्। पोखरेलसँग यसअघि अर्थ मन्त्रालय माताहतको आन्तरिक राजस्व विभाग, भन्सार ‍विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालय, मन्त्रालयकै प्रवक्ताको जिम्मेवारी पूरा गरेको अनुभव छ। पोखरेलले उद्योग मन्त्रालयको सचिवको रूपमा पनि काम गरिसकेका छन्।

प्रकाशित: २१ वैशाख २०८० ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App