२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

खाद्य प्रणाली विषयक क्षेत्रीय सम्मेलन हुँदै

दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलन हुने भएको छ। छलफल यही अप्रिल २४ र २५ गते काठमाडौंमा आयोजना हुने भएको हो। कार्यक्रमलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको बिआरएसी, बंगलादेश र विश्वकै सबैभन्दा ठूलो गैरसरकारी विकास संस्था भारतीय विकास क्षेत्रको थिंक एण्ड डु ट्यांक, आइपिइ ग्लोबल लिमिटेड, र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफारहित थिंक ट्यांक एकीकृत विकास अध्ययन संस्थान (आइआइडिएस), नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको हो।

काठमाडौंमा आयोजना हुने कार्यक्रमले दक्षिण एशियामा प्रभावकारी खाद्य प्रणाली निर्माणका लागि जलवायु अनुकूल खाद्य प्रणाली, उत्पादन पश्चात् हुने नोक्सानी घटाउने र खाद्य सुरक्षा मापदण्डमा केन्द्रित विषयहरूलाई परिष्कृत रूपमा प्रस्तुत गर्ने आयोजकले जनाएका छन्।

बिल गेट्स एण्ड मेलिन्दा फाउण्डेसनको आर्थिक सहायता रहेको सापलिङले दक्षिण एसियाका ५ वटा राष्ट्रहरूमा प्रमाणमा आधारित नीति, काम कारबाही र नेतृत्वलाई मूलधारमा राखेर सहमति कायम गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित: १० वैशाख २०८० ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App