१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक १७ औं वर्षमा प्रवेश

सिटिजन्स बैंक १७ वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा बैंकले सातवटै प्रदेशमा करिब ९ सय ४२ जनाको सहभागितामा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममार्फत जनमानसमा वित्तीय चेतना बिस्तार हुने अपेक्षा बैंकले लिएको छ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सात वटै प्रदेशका कुल २७ स्थानबाट करिब ७ सय २६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

साथै कोसीप्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेल्वे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको जनाएको छ।

सात वटै प्रदेशमा फैलिएको १ सय ८२ वटा शाखाहरू मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब रु १ खर्व ६२ अर्ब रहेकोमा कर्जातर्फ १ खर्ब ४३ अर्ब रूपैयाँ रहेको र यसै अवधिमा करिब १ अर्ब २४ करोड रूपैयाँ मुनाफा गर्न सफल भएको बैंकले जनाएको छ। 

प्रकाशित: १० वैशाख २०८० ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App