३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

आँबुखैरेनी गाउँपालिकाको प्रगति विवरण सार्वजनिक

आँबुखैरेनी गाउँपालिका तनहुँले आव २०७९।८० को प्रगति विवरण सार्वजनिक गरेको छ। गाउँपालिका कार्यालयले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि/पशु र प्रशासनिक तथा अन्य, उद्यम विकास, सुशासन शीर्षकमा आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो।

उक्त शीर्षकहरूअन्तर्गत गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालनको लागि नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालसँग सम्झौता, गाउँ शिक्षा कोष स्थापना, महाभारत शृङ्खलाको दोस्रो अग्लो स्थानमा रहेको छिम्केश्वरीमा केवलकार निर्माणको लागि अध्ययन अनुमति प्रदान गरेको प्रगति विवरणमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०८० ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App