२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बजारमा

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।

विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको तथा प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीको दाबी छ।

यामाहा एरोक्स १५५ मा लिक्विड कुल्ड इन्जिन रहेको र यसलाई १२० किमि प्रतिघन्टाको उच्च गति भएको, एलईडी हेडलाइट र टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू लगायतका विशेषता भएको कम्पनीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८० ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App