१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

वार्षिकोत्सवको अवसरमा छुट योजना

सिटिजन्स बैंकले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजना सार्वजनिक गरेको छ।

आगामी बैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले यही बैशाख १ देखि ७ गतेसम्म एकसाताको लागि लागु हुने गरी बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुट र क्यासब्याक, लगायतका योजना सार्वजनिक गरेको हो।

योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पास मेसिन र अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २ सय रूपैयाँसम्म क्यास ब्याक दिइने छ।

यसैगरी क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ५ सय रूपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २ सयसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी बैंकले पुँजी बजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकको लागि निःशुल्क डिम्याट खाता खोलिदिनेलगायतका अन्य सेवाहरूको पनि व्यवस्था गरेको छ।

प्रकाशित: ३ वैशाख २०८० ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App