५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ। सभामा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स गाभ्ने/गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको छ।

सभाका अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा सभालाई जानकारी गराएका थिए। अध्यक्ष अग्रवालले दुवै कम्पनीको गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्र तथा डिडिए रिपोर्ट समेतको आधारमा सेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिएपछि बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापुँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने बताएका छन्।

अध्यक्ष अग्रवालले हालको बीमाबजार तथा त्यसमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्यनजर गरी सोही बमोजिम साधारणसभा बोलाइएको जानकारी गराएका थिए।  

प्रकाशित: २३ चैत्र २०७९ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App