२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

डाबरलाई ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड’

 डाबर नेपाललाई ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड–२०२३’ प्रदान गरिएको छ। कम्पनीको एचआर नीति, अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै सो अवार्ड प्रदान गरिएको हो।  

ग्रोथ सेलर्स स्वतन्त्र एचआर कन्सल्टिङ फर्मद्वारा आयोजित एचआर मिट–२०२३ को एक समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो। यो अवार्ड कम्पनीका लागि सबैभन्दा बहुमूल्य सम्पत्ति भएको उल्लेख गर्दै जित्नु भनेको कम्पनीले आफ्ना कर्मचारीलाई महत्व दिई उनीहरूको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको प्रमाण भएको जनाएको छ ।  

प्रकाशित: २१ चैत्र २०७९ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App