४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमाल सफाइमा युनिलिभरको सहकार्य

युनिलिभरले ‘हिमाल सरसफाइ अभियान-२०२३’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। कम्पनीले ‘विश्वलाई दिगो साझा बासस्थान बनाउन’ प्रतिबद्धताको एक अंशको रूपमा हिमाल सरसफाइ अभियानमा हातेमालो गरेको जनाएको छ।

हिमाल सरसफाइ अभियान कार्यक्रमसँग कम्पनीको यो तेस्रो सहकार्य हो। युनिलिभरले नेपालका लागि जे राम्रो छ त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले सहकार्य गरेको बताउँदै हिमालको संरक्षण गर्ने र चुचुरा/हिमाल सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

युनिलिभरका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले निरन्तर सहकार्य मार्फत कम्पनीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेको बताएका छन्।  

प्रकाशित: २० चैत्र २०७९ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App