३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

महालक्ष्मीको ‘आवास र व्यावसायिक कर्जा’

महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यावसायिक कर्जा दिने घोषणा गरेको छ। बैंकले नयाँ वर्षको अवसर पारी घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक ग्राहकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकलाई लक्षित गरी व्यावसायिक कर्जाअन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको हो।

बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९ प्रतिशतको व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ वर्षको अवसरमा कर्जा सेवाशुल्कमा विशेष छुटसमेत प्रदान गर्ने भएको छ। महिला सशक्तीकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसाय धनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सीमित समयावधिका लागि रहेको जनाएको बैंकले जनाएको छ।

आवास कर्जा योजनाअन्तर्गत निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवाशुल्कमा छुटजस्ता सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।  

प्रकाशित: २० चैत्र २०७९ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App