निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ।
बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार निसानकाे गाडी खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्ने भएको हो। बैकको तर्फबाट कर्पोरेट प्रमुख हरिशकुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
प्रकाशित: ५ चैत्र २०७९ ०३:५६ आइतबार