२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘उपत्यकामा १६ अर्बको डिजेल बचत’

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले दसैं र तिहारयता काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त  बनाएपछि १६ अर्ब रुपैयाँबराबरको इन्धन बचत भएको व्यवसायीहरूले बताएका छन्। ऊर्जा मन्त्रालयले आयोजना गरेको ‘ऊर्जा खपत तथा व्यवस्थापन’ विषयक छलफलका क्रममा उनीहरूले यस्तो बताएका हुन्।

लोडसेडिङ अन्त्य भएपछि औद्योगिक क्षेत्रलाई ठूलो राहत भएको व्यवसायीहरूको धारणा छ। छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले लोडसेडिङ अन्त्य भएपछि उपत्यकामा १४ देखि १६ अर्ब रुपैयाँबराबरको डिजेल बचत भएको दाबी गरे।

‘उद्योगमा लोडसेडिङ घटेकाले राहत पुगेको र यो अभियान जारी राख्न महासंघले पूर्ण सहयोग गर्नेछ,’ उनले भने, ‘विद्युतको उच्च माग सम्बोधन गर्न चिनी मिलबाट बिद्युत उत्पादन गर्न सकिन्छ ।’

तत्कालका लागि उर्जा व्यवस्थापनमा सुधार गरे हालको माग सम्बोधन गर्न सकिने जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बताए । उनका अनुसार सोल्टी, हिमालय, एअरपोर्ट लगायत होटेलमा डिजेल खपतमा कमी आएको छ । आवस्यक परे होटेलसँग भएको डिजेल जेनेरेटरमार्फत विदूत उत्पादन गर्न सरकारलाई उपलब्ध गराउन सकिने व्यवसायीको तर्क छ ।

यसैगरी, हाउजीङ एसोसिएसनका प्रतिनिधिले सरकारलाई आवस्यक परेमा २५÷३० मेगावाट सोलार विद्युत उत्पादन गर्न सकिने जानकारी दिए । यसको लागि अपार्टमेन्टका छत उपलब्ध गराउन आफुहरू तयार रहेको उनीहरुको धारणा छ ।

नेपाल प्रहरीले पनि विद्युत चोरी नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रतिनिधिले नयाँ ब्यारेक बनाउदा अनिबार्य सोलार राखेर लोडसेडिङ हटाउने अभियानमा सहयोग गर्ने बचन दिएका छन् ।

उर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ घटेपछि देशमा पैंसाको बचत हुनुको साथै शान्ति सुरक्षामा सुधार आएको बताए । ‘जनताको निराशालाई आशामा बदल्ने कार्यमा ऊर्जा मन्त्रालय अहोरात्र खटेको छ,’ उनले भने, ‘पिक आवरमा विद्युत भार कटौति गरेर व्यवसायीले सहयोग गनुप¥यो ।’

४२ मिनेट विद्युत अवरुद्ध

प्रसारण प्रणालीमा आएको खराबीका कारण सोमबार काठमाडौं उपत्यकामा करिब ४२ मिनेट विद्युत अवरुद्ध भएको छ । चाकु जलविद्युत आयोजनाबाट बाह्रबीसे हुँदै काठमाडौं विद्युत आउने ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि केन्द्रीय प्रणालीमा असर गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘फ्रिक्वेन्सी र भोल्टेजमा आएको उतारचढावका कारण प्रणालीबाट विद्युत कनेक्सन टुटेको हो,’ अधिकारीले भने, ‘यसले ७० मेगावाटको मध्यमस्र्याङ्दी विद्युतगृहको एउटा युनिट ट्रिप भएको थियो । प्राधिकरणका अनुसार साँझ ५.३३ बजेदेखि ६.१५ बजेसम्म विद्युत अवरुद्ध भएको थियो । प्राधिकरणले सोमबार साँझ साढे ६ बजेसम्म विद्युत सुचारु गरिसकेको थियो।

 

प्रकाशित: ७ मंसिर २०७३ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App