१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो। आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो।

यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ। माघ मसान्तसम्ममा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो।

त्यसैगरी चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १६ अर्ब २९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो।

प्रकाशित: २८ फाल्गुन २०७९ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App