४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

दैलेखको राकममा जोडियो विद्युतको प्रसारण लाईन

राकम कर्णाली बजार क्षेत्र तस्विर ललित विष्ट

दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा पहिलोपट विद्युतको राष्ट्रिय प्रसारण लाईन  जडान गरिएको छ। दैलेखको दुल्लुबाट जम्बुकांध  हुँदै  तिलेपाटा  देखि राकम कर्णालीमा   ११ के.भि विद्युतको राष्ट्रिय प्रसारण  लाईन जडान गरीएको हो।

आठबिस नगरपालिकामा विद्युतको राष्ट्रिय प्रसारण लाईन जडान भएपछि स्थानीय खुसी भएका छन ।  आठबिस नगरपालिको पहलमा पहिलोपट विद्युतको वत्ती बाल्न सफल भएको आठबिस नगरपालिकाका उपमेयर कल्पना थापाले बताईन्।  

दैलेख  वितरण केन्द्रका अनुसार दैलेखका ११ वटै पालिकाको केन्द्रमा विद्युत पुगिसकेको छ। नयाँ  आर्थिक वर्षमा ९१ वटै वडाहरुमा विद्युतको पहुँच पुराउने गरि काम भईरहेको दैलेख विद्युत वितरण केन्द्रका  प्रमुख गौरव पाण्डेले बताए।

उनले भने जम्बुकांध देखि राकम कर्णाली सम्म करिब ४ करोड लगानीमा निर्माण कार्य सम्पन्न  भएको छ।

अब वडामा विद्युत जडान हुदैछ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ५०के.भि.ए र १०० के.भि.एका दुईवटा  टास्फर्मर जडान गरि  सवस्टेसन सञ्चालनमा आएको छ ।

कर्णाली प्रदेसका  मुगु, हुम्ला, र डोल्पामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाईन  पुगेको छैन। २०७८ साल जेठ २५ गते कालिकोटमा पहिलो पटक विद्युतको राष्ट्रिय प्रसारण लाईन  पुगेको थियो । त्यसपछि लगतै जुम्लामा पनि  विद्युतको राष्ट्रिय प्रसारण लाईन  पुगेको छ।

 

 

प्रकाशित: २४ फाल्गुन २०७९ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App