५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

बैंक तथा वित्तिय संस्था ‘शत्रु’ भयो: व्यवसायी प्रसाई

फाइल तस्बिर

व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिएका छन्।

आइतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाए। सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आन्दोलनकोनै सुरुवात गर्नु परेको उनले जिकीर गरे।

प्रसाईले १७ लाख परिवारको घर बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दावी समेत गरे। उनले भने,‘बैंक, लघुवित्त, सहकारीहरुले साथ दिने होइन, सत्रुको रुपमा व्यवहार गर्ने काम भयो। आफ्नै घरमा समेत बस्न नदिने अवस्थामा बैंकहरुले पुर्‍याए। त्यसो भएपछि आफूहरुले आन्दोलन नै सुरु गर्नु पर्‍यो।’

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो)बाट आन्दोलनको कार्यक्रम सुरु गरेका छन्। त्यसक्रममा उहाँका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकीर गर्दै प्रर्दशन गरेका गरिरहेका छन। गणतन्त्रमा नेता धनि हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नु परेको प्रसाईको भनाइ थियो।

प्रकाशित: २१ फाल्गुन २०७९ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App