३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘दुई वटा मात्रै जहाजको मन्त्री हुँदा म लज्जित छु’ : मन्त्री किराती

पत्रकार भेटघाटमा बोल्दै सँस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती। तस्बिर : अर्जुन ओली/नागरिक

सँस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले दुई वटा मात्रै जहाजको मन्त्री हुँदा आफु लज्जित हुनु परेको बताएका छन्। प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्ज विमानस्थलमा बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन्।

‘नेपाल बायु सेवा निगम घाटामा गुज्रिराखेको छ, सधैं घाटामा मात्रै जाने हो भने यो संस्था कसरी माथी उठ्न सक्ला?’ उनले भने ‘दुई वटा मात्रै प्लेनको मन्त्री हुँदा म आफै लज्जित छु।’ आन्तरिक ५५ वटा विमानस्थलमा बायुसेवा निगमको जहाजबाट कसरी उडान भर्ने र जनताको सेवा पुर्याउने भन्ने विषयमा आफुले निगमको नेतृत्वलाई स्पष्ट निर्देशन दिइसकेको बताए।

निगममा बसेर काम गर्न नसक्ने र संस्थालाई सुधार्न नसक्ने कर्मचारीलाई अब आफूले धेरै समय कुर्न नसक्ने बताए। ‘मैले १ सय दिनभन्दा बढी कुर्न सक्दैन, गाडीमा गियर थप्नैपर्छ, नेपाल बायुसेवा निगममा जागिर खाने मान्छेको काठमाडौंमा कसैको घर छैन भने पुरस्कृत गरिनेछ,’ सञ्चारकर्मीको जिज्ञासामा मन्त्री किरातीले भने ‘निगममा जागिर खाने ब्यक्ति धनी हुदै जाने संस्था गरिब हुने किन अवस्था आयो?’  

प्रकाशित: १७ फाल्गुन २०७९ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App